प्रसारण लाइनमा आएको खराबीका कारण राधी विद्युत कम्पनीको नाफा अपेक्षित बढ्न सकेन

0
Shares

राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ४.१२ प्रतिशतले बढेको हो ।

नेपाल विद्युत प्रधिकरणको ३३ केभि प्रसारण लाइनमा बारम्बार आइरहने समस्याका कारण समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३.५१ प्रतिशतले घटेको छ । विद्युत विक्रीको आम्दानी घटेपछि कम्पनीको नाफामा अपेक्षित बढोत्तरी हुन सकेको छैन ।

असोज मसान्तसम्म कम्पनीको विद्युत बिक्री आय १६ लाख ४५ हजार रुपैयाँ घटेर ४ करोड ५२ लाख ३५ हजार रुपैयाँमा संकुचित बनेको छ । यद्यपी कम्पनीले यस अवधिमा फाइनान्सियल कस्ट २१.४१ प्रतिशतले घटाउँदै ७३ लाख ८४ हजारमा झारेको छ ।

चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ०.८५ रुपैयाँ बढेर २१.७१ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिको तुलनामा ५६.२२ प्रतिशतले बढोत्तरी गरी २० करोड ९० लाख पुग्दा कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.५७ गुणा छ ।

कम्पनीले लगानी गरेको १२ मेगावाटको दोर्दी १, पाँच मेगावाटको रुकुमगाड जलविद्युत आयोजना, एघार मेगावाटको तल्लोखारेखोला जलविद्युत आयोजनामा प्रतिबद्धता बमोजिम लगानी गरेको र ती आयोजनाहरु निमार्णकै क्रममा रहेकाले सन्तोषजनक प्रगति भैरहेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार  १४ : २० बजे