युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा अन्तिम दिन आइतबार साँझ ४ः३० बजेसम्ममा ५ लाख ५७ हजार २८९ वटा आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको जानकारी अनुसार ५ लाख ५७ हजार २८९ वटा आवेदनबाट १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६६ हजार कित्ता आईपीओको माग परेको हो ।
कम्पनीले सर्वसाधारणबाट ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि बुधबारदेखि आवेदन माग गरेकोमा तेस्रो दिनसम्ममा १२.३९ गुणा धेरै अर्थात १ करोड ६६ हजार कित्ताको माग परेको हो ।
कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर अत्याधिक आवेदन पर्ने हुँदा गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने अवस्थाले १० कित्ता शेयरका लागि नै आवेदन गर्दा नै उपयुक्त हुन्छ ।
क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया