प्रि ओपनिङ्गमा ३६ कम्पनीको कारोबारः १० अंकले नेप्से बढ्दा २७ को मूल्य बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५९ प्रतिशत अर्थात १०.७६ अंकले बढेर १ हजार ८२० दशमलव ८७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३६ कम्पनीका ६ हजार ८१३ कित्ता शेयर ९ लाख ४ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार  १० : ५७ बजे