सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई मर्चेन्ट बैंकर संचालनको लागि अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडलाई धितोपत्र ब्यवसायी (मर्चेन्ट बैंकर) संचालनको लागि अनुमति प्रदान गरेको छ ।

नयाँ बानेश्वर मुख्य कार्यालय रहेको सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई बोर्डले मर्चेन्ट बैंकरको रुपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्रदान गरेको हो ।

संस्थाले पुँजी निर्माण तथा संगठित संस्थाको संरचना हेरफेर, ब्यवसायिक योजना निर्माण, लोन सिन्डिकेसन, भेन्चर क्यापिटल, वर्किङ क्यापिटल फाइनान्सिङ, प्राइभेट इक्वीटि, हेज फन्ड लगायत कोष संचालन, सम्पति ब्यबस्थापन तथा मुल्यांकनको परामर्श सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७ लाख रुपैयाँ रहेको छ भने मर्चेन्ट बैंकरहरु मध्ये संस्थागत परामर्शदाताको रुपमा मात्र विशिष्ट सेवा प्रदान गर्ने पहिलो कम्पनीको रुपमा बोर्डले लाइसेन्स दिएको हो ।

संस्थाले दक्ष चार्टर्ड एकाउन्टेन्ट, बिजनेस एनालिस्ट एबं सम्बन्धित विषयका विज्ञ परामर्शदाताहरु नियुक्त्ति गरेको र अन्तराष्ट्रिय स्थरको सेवा प्रदान गर्ने जानकारी कम्पनीका डाइरेक्टर दिपेन्द्र बास्कोटाले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।