नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

0
Shares

स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको छ । महास¬ङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज एक हजारले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजारले ओरालो लागेर ९१ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजारसम्म पुगेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार  १२ : ३५ बजे