अरुण कावेली पावर (AKPL) को गत आर्थिक वर्षको कमाईबाट प्रस्तावित लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुन आवश्यक देखिएको छ ।
कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ६ प्रतिशत लाभांश तथा साधारण सभाका लासिग कम्पनीले मंसिर १२ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउने हुँदा आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम हुनुपर्ने देखिएको हो ।
शुक्रबार मूल्य समायोजनपछि शेयर खरीद गर्ने लगानीकर्ता लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउन अयोग्य हुनेछन् ।
कम्पनीले गत आव २०७६।७७ बाट शेयरधनीलाई ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २२ गते साधारणसभा आह्वान गरेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया