नेशनल माइक्रोफाइनान्सले १ लाख कित्ता शेयर बिक्री गर्ने, न्यूनतम मूल्य ७२५ रुपैयाँ

0
Shares

नेशनल माइक्रोफाइनान्स (NMFBS) ले न्यूनतम मूल्य ७२५ रुपैयाँ वा सो भन्दा बढी प्रतिस्प्रधात्मक मूल्यमा १ लाख ४ हजार कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले मंसिर १७ गते बुधबारदेखि प्रतिकित्ता न्यूनतम मूल्य ७२५ रुपैयाँ वा भन्दा बढी मूल्यमा उक्त संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिन सक्नेछन् ।

न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी पुस १ गतेभित्र बोलपत्र पेश गर्न सक्नेछन् । जसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि असोज २ गतेबाट कात्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता बिक्री खुला गरेको थियो। सो बेला ६ हजार कित्ता मात्र बिक्री भएकाले बाँकी शेयर पुन लिलामी बिक्रीमा ल्याइएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार  १० : ०९ बजे