एनआईसी एशिया बैंकको साधारण सभा मंसिर २१ गते

एनआईसी एशिया बैंकको साधारण सभा मंसिर २१ गते

एनआइसी एशिया बैंकले मंसिर २१ गते आइतबार आर्थिक वर्ष २०७६।७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक २६ बसेको बैठकले मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा २३ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण बैंकले शेयरधनीलाई सभामा भर्चुअल माध्यमबाट सहभागिता जनाउन सक्नेगरी व्यवस्था मिलाएको छ ।

एनआईसी एशिया बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १० गतेदेखि साधारण सभाको मितिसम्म शेयरधनी दाखिला खारेज (बुकक्लोज) गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म बैंकको शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

हाल ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १ अर्ब ८४ करोड ६३ लाख ५३ हजार ७९८ रुपैयाँको बोनस पश्चात चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँ पुग्नेछ।

सम्बन्धीत थप समाचारः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार ०८ : २९ बजे