समीट लघुवित्तको ५४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा

समीट लघुवित्तको ५४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले ५४ हजार ९०० कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । लघुवित्तका ७ संस्थापहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि उक्त शेयरको बिक्री खुला गरिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्तले पहिलो चरणमा विद्यमान संस्थापहरुका लागि उक्त शेयरको बिक्री खुला गरेको छ ।

इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, गोरखामा पुग्नेगरी निवेदन दिन सक्नेछन् ।

सो मितिमा विद्यमान संस्थापकबाट सबै शेयर खरीदका लागि आवेदन नपरेको वा सबै बिक्री नभएको खण्डमा लघुवित्तले आम सर्वसाधारणमा दोस्रो चरणमा बिक्रीमा ल्याउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार १६ : ०२ बजे