एक्सेल डेभलपमेन्ट बैंकले साढे ७५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आफ्नो स्वामित्वमा रहेको ७५ हजार ५२० कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था र ग्रामीण विकास लघुवित्त वित्तिय संस्था गरी दुई लघुवित्तमा रहेको स्वामित्वबाट बाहिरिन लागेको हो ।

बैंकका अनुसार ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको ३० हजार कित्ता र आरएमडिसी लघुवित्तको २५ हजार ५२० कित्ता संस्थापक समूहको शेयर मंसिर २१ गते आइतबारबाट बिक्रीमा ल्याउने भएको हो ।

आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य ४८५ रुपैयाँ वा सोभन्दा बढी र ग्रामीण विकास लघुवित्तको न्यूनतम २६९ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताहरुले तोकिएको शर्तहरुको अधिनमा रहि प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ता वा १० ले भाग जाने गरि लिलामी खुला गरिएको अधिकतम कित्ताको लागि आवेदन दिन सक्ने बैंकको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

लिलामी शेयरमा लगानीकर्ताले मंसिर २१ गते, आइतबारबाट पुस ५ गते आइतबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । एक व्यक्तिले एउटा मात्र बोलपत्र पेश गर्न पाउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार  १६ : २५ बजे