वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्त कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ३० प्रतिशतको दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनी नागरिक लघुवित्तसँग मर्जर सम्पन्न गरी एकीकृत कारोबार थालेकोले बोनसमा कर नलाग्ने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने लघुवित्तले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया