प्रि-ओपनिङ्गमा ३१ कम्पनीको शेयर कारोबार: २३ को मूल्य बढ्यो, नेप्से २०१६ बिन्दुमा

0
Shares

साताको चौंथो कारोबार दिन प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ०.८२ प्रतिशत अर्थात १६.४२ अंकले बढर २ हजार १६.८३ बिन्दुमा पुगेको छ ।

शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु पुगेको छ । आजको प्रि ओपनिङ्ग सेसनमा नै यसअघिका सबै बिन्दु तोडिएको हो ।

सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ०.८२ प्रतिशत अर्थात १६.४२ अंकले बढेर २ हजार १६.८३ अंकमा पुगेको छ । आज नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ३१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३१ कम्पनीका १२ हजार ५२७ कित्ता शेयर ५८ लाख ६३ हजार १४ रुपैयाँमा खरीद बिक्री भएका छन् । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार  १० : ४५ बजे