आरबीआईले पनि गरेन नीतिगत परिवर्तन, तेस्रो त्रैमासदेखि अर्थतन्त्र सकारात्मक हुने अनुमान

0
Shares

भारतीय रिजर्भ बैंक (आरबीआइ) ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा मार्फत कुनै पनि नीतिगत दरमा परिवर्तन गरेको छैन ।

आरबीआईका गभर्नर शक्तीकान्त दासले रेपो र रिभर्स रिपो दरमा कुनै परिवर्तन नगरेको जानकारी दिएका हुन ।

आरबीआईले शुक्रबार मौद्रिक नीतिको दोस्रो त्रैमासीक समीक्षा गर्दै रिपो रेटमा कुनै परिवर्तन नगरी ४ प्रतिशत नै कायम गरेको छ । समीक्षा मार्फत आरबीआइले चालु आर्थिक वर्षमा अर्थतन्त्र ५ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

कोरोनाका कारण सुस्त बनेको अर्थतन्त्रलाइ चलायमान बनाइराख्नका लागि मौद्रिक नीतिलाइ खुकुलो अवस्थामा नै रोखको दासले बताए । अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि आगामी दिनमा नीतिगतदरहरुमा कटौती गर्न परेको खण्डमा समेत निर्णय गरिने उनले बताए।

मौद्रिक नीति समितिको निर्णय सार्वजनिक गर्दै दासले मुद्रास्फीति उच्च भएपनि समितिका सबै ६ सदस्यले नीतिगतदरमा परिवर्तन नगर्ने सहमति भएको उनले बताए । कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाइ गति दिनका लागि आवश्यक कदम चालिने समेत उनले बताए ।

एमपीसीको शुक्रबारको निर्णयले रेपो दर ४ प्रतिशत र रिभर्स रिपो ३.३५ प्रतिशत कायम राखेको छ । यसभन्दा अघि आरबीआइले आर्थिक गतिविधि बढाउनका लागि गत मार्चमा १.१५ प्रतिशतले रिपो रेट कटौती गरीसकेको छ । चालु आर्थिक वर्षको तेस्रो तथा चौथो त्रैमासमा अर्थतन्त्र क्रमस ०.१ र ०.७ प्रतिशतसम्मको वृद्धि हुने उनको अनुमान रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार  १७ : २५ बजे