साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । नेप्से ०.१९ प्रतिशत अर्थात ३.९४ अंकले घटेर २ हजार ५१.५१ बिन्दुमा झरेको छ ।
आइतबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५७ कम्पनीका ३९ हजार २८ कित्ता शेयर २ करोड ५ लाख ९९ हजार ६६९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया