सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रार चयन

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ । लघुवित्त कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

लघुवित्तको मंसिर १९ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ती गरेको जनाएको छ ।

यससँगै सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु मार्फत हुने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार  १६ : ४७ बजे