नेप्से आइतबार १२३ अंक घट्दा टिएमएसमा बढ्यो ७५ अंक

नेप्से आइतबार १२३ अंक घट्दा टिएमएसमा बढ्यो ७५ अंक

शेयर बजार परिसूचक नेप्से आइतबार १२३ अंक घट्दा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा भने नेप्से ७५ अंकले बढेको देखिएको छ ।

नेप्सेको आधिकारीक वेवसाइट र टिएमएसमा फरक मात्रै होइन विपरित तथ्याङ्क देखिन थालेपछि लगानीकर्ता समेत अलमलमा परेका छन् । आइतबार कारोबार बन्द हुनुभन्दा ४५ मिनेट अगावै नेप्से ६ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

पूरा समय कारोबार हुन नसकेपछि टिएमएसमा भने अघिल्लो आइतबार (मंसिर १४ गते) ७५.०२ अंकले बढेर १९६८.२७ बिन्दुमा बन्द भएको विवरण देखिएको छ ।

हेर्नुहोस् नेप्सेको वेवसाइट र टिएसएसमा देखिएको तस्बिर:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार १९ : ३९ बजे