अपि पावरको ४७ प्रतिशत हकप्रद बाँडफाँड, साढे १३ लाख कित्ता लिलामीमा आउने

अपि पावरको ४७ प्रतिशत हकप्रद बाँडफाँड, साढे १३ लाख कित्ता लिलामीमा आउने

अपि पावर कम्पनी लिमिटेड (API) ले निष्काशन गरेको चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद बाँडफाँड गरेको छ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म जारी गरेको उक्त हकप्रद शेयर रितिपुर्वक आवेदन दिने शेयरधनीलाई मंसिर २१ गते आइतबार बाँडफाँड गरेको हो ।

अपिले चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रदमध्ये १३ लाख ४६ हजार २१८ कित्ता शेयर अवितरित भएको छ । यससँगै अब उक्त हकप्रद शेयर केही दिनभित्र लिलामीमा ल्याउनेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार ०९ : १६ बजे