वोमी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्ती गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले मंसिर २२ गतेदेखि लागु हुनेगरी कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको हो ।
यससँगै अब वोमी लघुवित्तको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी गर्ने, शेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल नागपोखरी नक्साल मार्फत हुनेछ ।
यसअघि लघुवित्तको शेयर रजिष्ट्रारको काम सिद्धार्थ क्यापिटल मार्फत हुँदै आएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया