साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । नेप्से २.६५ अंकले घटेर १ हजार ९२९.४७ बिन्दुमा झरेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ४३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४३ कम्पनीका १६ हजार १७४ कित्ता शेयर १ करोड २७ लाख ६६ हजार २०२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत व्यक्तिगत र शेयर कर्जाको पुनरावलोकन गर्ने जनाएपछि नेप्सेमा सोझो असर परेको हो । वाणिज्य बैंकहरु सहित ठूला पूँजीकरण हुने कम्पनीको मूल्य घटेपछि नेप्से घट्दै आएको छ । आइतबार मात्रै नेप्सेमा ऋणात्मक सर्किट ललागेर कारोबार समयभन्दा ४५ मिनेट अगावै शेयर कारोबार बन्द भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया