मंसिरभित्र सवारी चालक अनुमतिपत्र नवीकरण गरे जरीवाना नलाग्ने

0
Shares

के तपाइको सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएर नवीकरण गर्न भ्याउनुभएको छैन भने छिटो गर्नुहोस् । म्याद समाप्त भएको लाइसेन्स नवीकरण मंसिर महिनाभित्रै गरेमा जरिवाना नलाग्ने भएको छ ।

कोरोना भाइरस संक्रमण र यसबीचमा परेको चाडवाडका कारण मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नवीकरणमा जरिवाना नलाग्ने भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार  १६ : २८ बजे