ज्योति लाइफले ६६ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड बराबरको साधारण शेयर निष्काशन गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले बोर्डमा कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्ने माग गरेको हो ।

बोर्डको अनुमति पश्चात कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण जारी गर्नेछ । जसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई सुरक्षित गरेर बाँकी सर्वसाधरणमा वितरण हुनेछ ।

गत असोज १२ गते सम्पन्न कम्पनीको साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।