साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ९.७४ अंकले बढेको छ । नेप्से ९.७४ अंकले बढेर १ हजार ९७३.७६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका ४ कम्पनीको मूलय घटेको छ भने एक कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा २८ कम्पनीका ३ हजार ६०९ कित्ता शेयर २८ लाख २२ हजार ९२४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया