स्पर्स लघुवित्तले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर २९ गते बसेको बैठकले १९.५० प्रतिशत बोेनस शेयर र कर प्रयोजनको लागि १.०३ नगद लाभांश गरी २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी ९ करोड ३७ लाखको १९.५० प्रतिशतले हुन आउने एक करोड ८२ लाख रुपैयाँको बोेनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि १.०३ प्रतिशत अर्थात ९ लाख ६२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल स्पर्स लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरणपछि ११ करोड २० लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अघिल्लो आव २०७५/७६ बाट लघुवित्तले १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा आउँदा ६.८५ प्रतिशतले लाभांशदर वृद्धि भएको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार  ११ : ०४ बजे