माउन्टेन इनर्जीको बुधबारदेखि शेयर कारोबार खुल्दै, ‘MEN’ संकेतमा कारोबार हुने

0
Shares

माउन्टेन इनर्जी नेपालको धितोपत्रको दोस्रो बजारमा बुधबारदेखि शेयर कारोबार खुला हुँदैछ ।

कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएसँगे कम्पनीको बुधबारदेखि कारोबार खुला भएको हो ।

यससँगै कम्पनीको आईपीऋो गोलाप्रथाबाट प्राप्त गरेका १ लाख ८३ हजार २६ जनाले आजदेखि ब्रोकर मार्फत उक्त आईपीओ बिक्री गर्न सक्नेछन् भने आईपीऋो नपाउने लगानीकर्ताले दोस्रो बजारमा उक्त शेयर खरीद गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एमइएन कारोबार संकेत दिएको छ । अब कम्पनीको यसै कारोबार सिम्बोलमा शेयर कारोबारमा आउनेछ । मंगलबार कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११४.११ रुपैयाँ देखि अधिकतम ३४४.४३ रुपैयाँ ओपनिङ्ग रेञ्ज ताकिदिएको छ । यसअनुसार कम्पनीको पहिलो शेयर कारोबार बुधबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा भई कारोबारमा आउनेछ ।

यदि आजको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीके अर्डर म्याच भई कारोबार हुन नसकेको खण्डमा भने जुन दिन कारोेबार सम्भव हुन्छ सोही दिनको नियमित कारोबार समयबाट कारोबार सुचारु हुनेछ ।

कम्पनीले स्थानीय र सर्वसाधरणका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणलाई १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर बाँडफाँड गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार  ०९ : ४४ बजे