साताको चौथोे कारोबार दिन बुधबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ३५.७८ अंकले बढेको छ । नेप्से ३५.७८ अंकले बढेर २ हजार ९७.२० बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका कुनैपनि कम्पनीको मूल्य घटेको छैन भने ४ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा २७ कम्पनीका ५ हजार ९९४ कित्ता शेयर ३९ लाख ७० हजार ८४० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया