पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक, मूल्य ३१ हजार ९९९

0
Shares

पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक गरिएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स ३ नेपालमा सार्वजनिक गर्दा निकै खुसी भएको बताए।

क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी डेब्यू गर्दै पोको एक्स ३ एनएफसीले अविस्मरणीय प्रदर्शन गर्ने उनले बताए ।

फोनको १२० हर्ट्ज प्लस २४० हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी मा चल्दै पोको एक्स ३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोनमा क्रायो ४७० अक्टा(कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिंग सिरिज जीपीयूमा आधारित वास्तुकला रहेको जनाइएको छ ।

“स्थिर अपरेसन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्छ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु(तहहरू फोनको प्रोसेसरको ताप ६ डिग्री सम्म कम गर्न सँगै काम गर्दछ,” कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

६४ एमपी एआई क्वाड क्यामेरा, ५१६० एमएएच र ३३ वाट फास्ट चार्जिंग रहेको जनाइएको छ ।

पोको एक्स ३ एनएफसी ६जीबी प्लस १२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लु कलर भेरियन्टमा ३२ हजार रुपैयाँमा उपलब्ध छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।