बुटवल पावरले डाक्यो साधारण सभा, २५% लाभांश अनुमोदन हुने

0
Shares

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले पुस २८ गते मंगलबार २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यम मार्फत सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २५ प्रतिशत (चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आव २०७६।७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि बुटबल पावरले पुस १७ गते शुक्रबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस २६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।