नेपाल लाइफको लाभांशमा कारोबारी र लगानीकर्ता भिड्दा ऐतिहासिक कारोबार

0
Shares

नेपाल लाइफको लाभांशमा अल्पकालीन कारोबारी र द्धिर्घकालिन लगानीकर्ताहरु भिड्दा कारोबार रकमले ऐतिहासिक उचाई लिएको छ । बुधबार नेप्सेमा नेपाल लाइफको मात्रै एक अर्ब ४३ करोड बढीको शेयर किनबेच भयो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत नगदगरी कुल ५१ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

लाभांश घोषणा गरेको भोलिपल्ट बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफको ५ लाख ६७ हजार ४२२ कित्ता शेयर ५ हजार ३६९ पटकको कारोबारबाट एक अर्ब ४३ करोड ४४ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको हो । यो एउटै कम्पनीको एकैदिन उच्च कारोबार भएको नयाँ रेकर्ड हो ।

दिनभरीमा ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल २०३ कम्पनीको सेयर किनबेच भएको हो। नेपाल लाइफको हिस्सा कुल कारोबारको २१ प्रतिशत हो।

नेपाल लाइफले अघिल्लो वर्ष साढे ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आधारमा शेयर बजारमा केहि समय अगावैदेखि कम्पनीले ५० प्रतिशतसम्म लाभांश बाड्ने हल्ला फैलाइएको थियो। यसै आधारमा कम्पनीको शेयरमूल्य निरन्तर बढ्दै आइरहेको थियो ।

कम्पनीले लाभांश घोषणा गरेपछि अल्पकालिन कारोबारीहरु शेयर बेचेर बाहिरिएका छन् भने द्धिर्धकालिन लगानीकर्ताहरु बजार प्रवेश गरेका छन् । कतिपय लगानीकर्ताहरुले बुक क्लोजको अवधिसम्म मूल्य अझै बढ्छ कि भनेर समेत लगानी बढाएको जानकारहरु बताउँछन् । तर बजारमा धेरै अघिदेखि लाभांशको बिषयमा चलेको चर्चा र हल्ला मिल्न गएपछि धेरैजसो कारोबारीहरु शेयर बेचेर बाहिरिएका छन । यसले गर्दा लाभांश घोषणा भएपछि उच्च रुपमा बढेको शेयर मूल्य केहि घट्न पुग्यो । यद्यपी हिजोको बजार मूल्यभन्दा भने बढेको छ ।

बुधबार कम्पनीको शेयर कारोबार २ हजार ४६८ रुपैयाँमा खुलेकोमा २ हजार ३५१ रुपैयाँमा बन्द भएको छ । बजार चल्दै गर्दा कम्पनीको शेयर मूल्य २ हजार ५८६ रुपैयाँसम्म पनि उक्लिएको थियो । नेप्सेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचिकृत छ ।

गत वर्ष लाभांश घोषणा गरेपछि पहिलो कारोबार दिनमा पनि नेपाल लाइफको शेयरमूल्य ३.४५ प्रतिशतले बढेर एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

Symbol Turnover Closing Price
 
NLIC 1,434,499,493.00 2,443.00
NLICL 455,104,650.00 1,147.00
NICA 330,372,542.00 852.00
NABIL 279,179,932.00 1,489.00
NRIC 233,666,893.00 1,405.00
NCCB 232,414,859.00 364.00
PRVU 226,873,334.00 379.00
MEGA 191,169,514.00 289.00
SICL 168,260,003.00 1,814.00
HDL 149,372,032.00 4,635.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।