नेशनल लाइफ इन्स्योरेन्सको ३२ औं साधारण सभा माघ १५ गते

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले ३२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको पुस ९ गते बिहीबार सम्पन्न ४०४ औं बैठकले इन्स्योरेन्सको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा माघ १५ गते बिहीबार सभा आह्वान गरेको हो ।

सभामा आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँको नगद लाभांंश वितरण प्रस्ताव स्वीकृत गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ २ गते शुक्रबार देखि माघ १५ गते बिहीबारसम्म बुकक्लोज गर्नेछ । तसर्थ माघ १ गते बिहीबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।