अपि पावरको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

अपि पावरको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रदमा अवितरित १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा लिलामी आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पुस ६ गते सोमबारदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको हकप्रद शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

कम्पनीको शेयरमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस १३ गतेसम्म बैंकिङ्ग समय भित्र गोप्य शिलबन्दी पेश गर्न सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लिलामीको शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।

सिद्धार्थ क्यापिटल , नक्साल काठमाडौं तथा सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको हो ।

कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा पुस १२ गते प्रतिकित्ता २३० रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार १० : २८ बजे