लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ का विजेतालाई साढे २ लाख नगद

0
Shares

लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ ।

यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई २ लाख ५० हजार रुपैयाँ सम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इनटरनेट, मोबाइल र भाइबर बैंकिङ्ग जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको बताएको छ ।

लक्ष्मी बैंकको मोबाईल मनी एप गूगल प्ले स्टोर र एप्पल स्टोरमामा उपलब्ध छ । माई मोबाइल मनी लक्ष्मी बैंकको क्राउडसोर्रसिङमा आधारित दास्रो प्रतियोगिता हो ।

यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।