सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा

0
Shares

सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकलाई व्यवसायिक प्रयोजनकालागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलव्ध गराउने छ ।

यसबाट खरिदकर्ता ग्राहकले विक्रि वितरकवाट विशेष सहूलियत र छुटमा बस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित “क्विकभुक्तानी” नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।