एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

0
Shares

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले शेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । बोनशपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीले गत साउनमा ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।