प्राइम कमर्सियल बैंकको बोनस आइतबारसम्म कायम शेयरधनीलाई मात्रै

प्राइम कमर्सियल बैंकको बोनस आइतबारसम्म कायम शेयरधनीलाई मात्रै

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर आजसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् ।

बैंकले पुस २९ गते आह्वान गरेको साधारण सभाका लागि पुस २० गते सोमबार शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यसको अर्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । सोमबारपछि शेयर किन्ने लगानीकर्ताले भने बोनस पाउँदैनन् । आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंक सञ्चालक समितिको ६ गते, सोमबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते, मंगलबार सम्पन्न बैठकले बैंकको १३ औं वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, बैंकको केन्द्रीय कार्यालय, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।

बैंक मर्जर तथा प्राप्तीमा सामेल भएका कारण २ वर्षसम्म बोनसमा कर भने लगानीकर्ताले तिर्नुपर्दैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार ०९ : ५८ बजे