आरम्भ चौतारी लघुवित्तको आजदेखि नेप्सेमा शेयर कारोबार खुल्यो

0
Shares

आरम्भ चौतारी लघुवित्त (ALCBSL) को नेप्सेमा आज (पुस २३ गते बिहीबार) देखि कारोबार खुला भएको छ ।

मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो ।

आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो ।

आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । तीन लघुवित्तबीच भएको २०७७ असोज ९ गतेको मर्जर सम्झौतामा पुस ९ गते बसेको संयुक्त मर्जर समतिको बैठकमा थप संस्थाहरुलाई पनि मर्जरमा समावेश गर्ने सम्बन्धमा फरक फरक धारण आएपछि प्रारम्भिक मर्जर सम्झौता रद्ध गर्ने निर्णय गरेका हुन् । प्रारम्भिक मर्जर सम्झौता रद्ध गर्ने निर्णय भएसँगै लघुवित्तको नेप्सेमा दोस्रो बजारमा कारोबार खुला हुने भएको हो ।

आरम्भ र चौतारी लघुवित्तले सिवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग भएको मर्जर सम्झौता रद्ध भएसँगै पुस १३ गते अन्य दुई लघुवित्तहरु लुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र बाग्मती प्रदेश कार्यक्षेत्र भई बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।