सिंगटी हाइड्रोले स्थानीयका लागि जारी गर्यो आइपीओ, कसले पाउँछ शेयर ?

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित दोलखाकाका स्थानीय बासिन्दाका लागि माघ ४ गतेबाट प्राथमिक शेयर जारी गर्ने भएको छ।

हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि साढे चौध करोडको शेयर जारी गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

उक्त आइपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस ९आइएस० रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता शेयर बिक्रीगरेपछि आम सर्वसाधारणका लागि २९ करोड बराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ। आईपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०:३० हुनेछ ।

सिंगटी हाइड्रोपावरले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।