सेञ्चुरी बैंकको सरल र शताब्दी ‘मस्कट’ सार्वजनिक

0
Shares


सेञ्चुरी कमर्सियल बैंकले पौष २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ ।

बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको जनाएको छ ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।