बजाजको डोमिनार २५० सार्वजनिक, यस्ता छन् विशेषता

0
Shares

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाजको डोमिनार २५० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

यसअघि बजाज डोमिनार ४०० बिक्री गर्दै आएको कम्पनीले नयाँ बजाज डोमिनार २५० नेपालमा ल्याएको हो । डोमिनार २५० को बजार मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध रहेको छ ।

नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोट्र्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषता रहेको कम्पनीले जनाएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । जसले २७ एएस र २३.५ एनएमको पिक टक्र्यु जेनेरेट गर्छ । यसका साथै, यसमा एकल–सिलेन्डर, लिक्युड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ छ ।

डोमिनार २५० मा १३२ किमिप्रति घण्टासम्मको स्पीड रहेको र यो १०.५ सेकेन्डमा ०.१०० किमि प्रतिघण्टाको स्पीडसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । यसको मोजेक आकारको डिजाइनको साथ रहेको फुल एलइडी हेडल्याम्प र अटोम्याटिक हेडल्याम्प अन प्रविधि रहेको जनाइएको छ ।

कम्पनीले भनेको छ “स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ,”  ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्ने जनाइएको छ ।
यस बाइकमा सस्पेन्सन ड्युटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ब्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ ।

१७ इन्चको ट्युबलेस टायर्स  रहेको डोमिनार २५० मा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । कम्पनीले नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध रहेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।