नारायणी डेभलपमेन्ट बैंकको हकप्रद पाउन मंगलबारसम्म शेयरधनी बन्न आवश्यक

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद पाउन मंगलबारसम्म शेयरधनी बन्न आवश्यक

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले जारी गर्ने शतप्रतिशत (एक बराबर एक अनुपातको) हकप्रद शेयर पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्ने देखिएको छ ।

बैंकले हकप्रद निष्काशन तथा १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यसअनुसार फाइनान्सको हकप्रद पाउन शेयर किन्ने वा हकप्रद नभर्ने निर्णय गरी शेयर बिक्री गर्ने पुस २८ गते मंगलबार अन्तिम दिन रहेको छ ।  बैंकको शेयर मंगलबार प्रतिकित्ता ७२५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई १ः१ को अनुपातमा पुस २० गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो ।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । आगमी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार १२ : ०२ बजे