चन्द्रागिरीको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको पौष २९ गते बुधबार सम्पन्न ११ औं बर्षिक सधारण सभाले चन्द्रागिरीको आईपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

साधारण सभाको अवसरमा, चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाउनुभएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार  १६ : ३१ बजे