एमडिआरटीमा टार्गेट पु¥याउने अभिकर्ताको संख्या बढ्दो, नेपाल लाइफका अभिकर्तासहित ८२५ जना छनौट

0
Shares

विदेशी संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) मा टार्गेट पुर्याउने अभिकर्ताको संख्या बढ्दै गएको छ । एमडीआरटी संस्थालाई अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संगठनका रुपमा लिइन्छ ।

नेपालमा यस संस्थाको टार्गेट पु¥याउने अभिकर्ताको संख्यामा वृद्धि हुँदै आएको छ । संस्थाले आफ्नो संस्थामा आवद्ध भएका सबै कम्पनीहरुलाई एमडीआरटीको सदस्य बन्ने टार्गेट दिएको हुन्छ । वर्षेनि नयाँ देशमा सम्मेलन हुने र क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने हुनाले यस संस्थाप्रति अभिकर्ताको आकर्षण बढेको हो ।

सन् २०२० का लागि नेपालमा तीन जीवन बीमा कम्पनीका ८२५ जना अभिकर्ताले एमडिआरटीको टार्गेट पु¥याएका छन् । २०२० को एमडिआरटी सम्मेलन सिंगापुरमा हुँदै छ । एलआइसी नेपालमा आवद्ध भएका २८५ अभिकर्ताले सन् २०२० का लागि एमडिआरटीले दिएको टार्गेट पूरा गरेका छन् ।

त्यस्तै, नेपाल लाइफ २७५ जना अभिकर्ताले उक्त संस्थाले दिएको टार्गेट पु¥याएका छन् । यूनियन लाइफका सिईओ मनोज कुमारलाल कर्णले २०२० का लागि कम्पनीबाट ५ जना अभिकर्ताले टिओटिको टार्गेट र १० जना अभिकर्ताले सिओटिको टार्गेट पु¥याउन सफल भएको बताए । उनका अनुसार यूनियन लाइफमा आबद्ध अभिकर्तामध्ये २७५ जना अभिकर्ता छनौट भएका छन् ।

  • टार्गेट पूरा गर्ने अभिकर्तालाई के फाइदा ?

यस संस्थाको सदस्यता पाउनुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । पछिल्लो समय यस संस्थाको टार्गेट पूरा गर्नेको संख्या बढ्दै गएको बीमा कम्पनीका सीईओहरु बताउँछन् । बजारमा यस संस्थाको टार्गेट पूरा गरेका अभिकर्तालाई हेर्ने नजर राम्रो हुने र स्वयं अभिकर्तालाई पनि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस प्रति अभिकर्ताको आकर्षण बढ्दै गएको सीईओहरुको भनाई छ ।

नेपालमा सञ्चालनमा रहेका केही जीवन बीमा कम्पनीहरुले यस संस्थाको सदस्यता लिएका छन् । यस संस्थामा आबद्ध भएको नेपालको पहिलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) हो । एलआइसी नेपालले सबैभन्दा पहिले यस संस्थाको सदस्यता लिएको थियो । पछिल्लो समय भने अन्य नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुले समेत यस संस्थाको सदस्यता लिएका छन् । एमडिआरटीको सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुने गर्र्दछ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा लिने गरिन्छ । एमडिआरटीमा पुग्न सफल अभिकर्ताहरु क्षमता वृद्धिमा सघाउ पुगेको बताउँछन् ।

  • एमडिआरटिमा आवद्ध हुन के गर्नुपर्छ ?

एमडीआरटीले आफ्ना सदस्यहरुलाई हरेक वर्ष टार्गेट दिन्छ । हरेक जनवरी १ देखि डिसेम्बर ३० सम्ममा टार्गेट पूरा गर्नुपर्छ । तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ५५० डलरसहित दर्ता शुल्क पेश गर्नुपर्ने हुन्छ ।

जीवन बीमा व्यवसायमा आवद्ध भएका बीमा अभिकर्ताहरुले तोकिएको समयमा बीमा शुल्क संकलन गरेमा उक्त संस्थामा भाग लिन पाउनेछन् । अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्न सफल अभिकर्ताहरु भाग लिन पाउँछन् । संस्थाले वर्षै पिच्छे फरक फरक शुल्क निर्धारण गर्ने गर्दछ । नेपालका बीमा कम्पनीहरुबाट पहिलो पटक एलआईसी नेपालले यो संस्थाको सदस्यता लिएको थियो । पछिल्लो समय भने नयाँ कम्पनीदेखि पुराना कम्पनीले समेत सदस्यता लिन थालेका छन् ।

एमडीआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । ४४ लाख १६ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गर्नेले एमडीआरटीको सदस्यता पाउँछन् । १ करोड ३२ लाख ४८ हजार रुपैयाँ प्रिमियम ल्याएमा सीओटी अर्थात सीओटी कोर्ट डाउन द टेवल बन्न पाउँछन् । २ करोड ६४ लाख ९६ हजार रुपैयाँ प्रिमियम संकलन गरेमा चाहीँ टीओटी अर्था टप अफ द टेवल हो । टिओटी र सीओटीको पनि टार्गेट वर्षै पिच्छे फरक हुने गर्दछ । वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एक पटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् भने अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।

सन् १९२७ मा स्थापना भएको एमडिआरटि एक विदेशी संस्था हो । प्रधान कार्यालय अमेरिकामा रहेको यस संस्थामा ७२ देशका ५०० कम्पनी आबद्ध रहेका छन् । यस संस्थामा बीमा क्षेत्र र फाइनान्सियल क्षेत्रका मानिसहरु भाग लिन पाउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।