लुम्बिनी विकास बैंकको नगद लाभांश वितरण

लुम्बिनी विकास बैंकको नगद लाभांश वितरण

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएको लाभांश वितरण थालेको छ ।

बैंकको पुस २६ गते, आइतबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत (बोनसमा लाग्ने करसहित) नगद लाभांश क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा वितरण गरिएको हो । १३ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर भने सिडिएससी र नेप्सेमा सूचीकरण भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

उक्त लाभांश साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएको बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

यसैगरी बैंकले शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।

हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशीघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार ०८ : ३० बजे