चन्द्रागिरी हिल्सको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

0
Shares

चन्द्रागिरी हिल्सले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा बिहीबार चन्द्रागिरी हिल्स र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।

कम्पनीले हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर जारी गरेको थियो । साथै कम्पनीले शेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट समेत घोषणा गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न कम्पनीले केबुलकार सञ्चालनमा ल्याई चन्द्रागिरीलाई एक उत्कृष्ट गन्तब्य स्थलको रुपमा परिचित गराएको छ भने भ्यु टावर र बुटिक होटेल पनि सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

चन्द्रागिरी हिल्सको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।