बीमा शिक्षाः बीमा सम्बन्धी यी शब्ब्दको अर्थ थाहा पाउनुहोस्

0
Shares

भैपरी रुपमा आउने जोखिमलाई सामना गर्न सहज होस् भनेर बीमा गरिन्छ । बीमा आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । भविष्यमा आईपर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा आवश्यक हुन्छ । जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुन सक्ने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता बीमा हो ।

बीमा क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै विभिन्न खाले शब्दहरु प्रयोगमा आउँछन् । यस क्षेत्रमा प्रयोग हुने कतिपय शब्दको अर्थ सबैलाई थाहा नहुन सक्छ । बीमा व्यवसायमा प्रयोगमा आउने निम्नलिखित केही शब्दहरुले यस्ता अर्थ राख्दछन् ।

  • बीमित (Insured)

जीवन बीमा शुल्क बुझाई बीमालेख प्रमाणपत्र प्राप्त व्यक्तिलाई बीमित भनिन्छ ।

  • नवीकरण बीमा शुल्क (RP-Renuwal Premium) 

नवीकरण बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक कुनै पनि हुन सक्छ ।  बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस पछि थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

  • एडिबी (ADB-Accidental Death Benefit) 

मृत्यु लाभ ADB लिएको अवस्थामा दुर्घटना भएमा दिईने अतिरिक्त सुविधा हो । AB (Accidental Benefit) यसको अर्थ दुर्घटना लाभ हुन्छ ।

  • डिओसी (DOC-Date of commencement)

डेट अफ कमिटमेन्टको अर्थ हुन्छ बीमा प्रारम्भ मिति र जोखिम बहनको सुरुवात ।

  • एपिएल (APL-Automatic Premium Loan)

अटोमेटिक प्रिमियम लोन भन्नाले स्वत: उपलब्ध हुने बीमालेख अन्तगर्तको ऋण सुविधा भन्ने बुझिन्छ ।

  • डि.ओ.डि (DOD-Date of Death) 

डि.ओ.डि ले डेट अफ डेथ अर्थात मृत्यु भएको मिति भन्ने बुझाउँछ ।

  • एफपिआर (FPR-First Premium Receipt)

एफपिआर बीमालेख जारी गरी प्रथम बीमाशुल्कको रसिद भन्ने अर्थ राख्दछ ।

  • इएमआर (EMR-Extra Mortality Rate) 

इएमआर अर्थात एक्ट्रा मोर्टालिटी रेट भन्नाले अतिरिक्त मृत्युदरलाई बुझाउँदछ ।

  • एफयूपी (FUP-First Unpaid Premium)

एफयूपी अर्थात फस्ट अनपेड प्रिमियम भन्नाले बीमालेख जारी भईसकेपछि नबुभाएको बीमा शुल्क भन्ने हुन्छ ।

  • प्रथम वर्षको नविकरण बीमा शुल्क (FYRP-First Year Renewal Premium) 

बीमा कम्पनीहरुले बिक्री गरेको बीमालेख प्रथम पटक नविकरण गर्दा प्राप्त हुने रकम नै प्रथम वर्षको नविकरण बीमाशुल्क हो ।

  • आईबिएनआर (IBNR-Incurred But not Reported) 

आईबिएनआर भन्नाले घटना घटिसक्दा पनि बीमा कम्पनीलाई जानकारी नभएको भन्ने बुझाउँदछ ।

  • एमएचआर (MHR-Moral Hazard Report) 

एमएचआर अर्थात मोरल हार्जाड रिर्पोट भन्नाले नैतिक जोखिम प्रतिवेदनलाई बुझाउँछ ।

  • एलटिआई (LTI-Life Time Income)

एलटिआई अर्थात लाइफ टाइम इन्कम भन्नाले आजीवन आम्दानी दुर्घटना लाभ अन्तर्गत उपलब्ध हुन्छ ।

  • पीएडि (PAD-Policy Anniversary Date)

पीएडि अर्थात पोदेसी एनिभर्सरी डेट भन्नाले बीमालेख लिएको वार्षिकोत्सव मिति भन्ने बुभिन्छ ।

  • एनबि (NB-New Business) 

एनबि ले न्यू बिजनेस अर्थात नयाँ बीमालेख वा नयाँ व्यवसायलाई बुझाउँदछ । बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क वा नयाँ व्यवसाय हो ।

  • ओआर (OR-Ordinary Rate) 

ओआर अर्थात अडिनरी रेट भन्नाले बीमकले तोकेको सामान्य बीमा शुल्क दर भन्ने अर्थ राख्दछ ।

  • पिटिडी (PTD-Permanent Total Disability)

पिटिडी अर्थात परमानेन्ट टोटल डिसएबिलिटी भन्नाले व्यक्तिको पूर्ण रुपमा भएको अशक्तता भन्ने बुझिन्छ ।

  • बीमा शुल्क छुट सुविधा PWB (Premium Waiver Benefit) 

बीमितले प्रस्तावकको मृत्यु भएमा बीमा शुल्क तिर्नुपर्दैन र बीमा समाप्ति मितिपश्चात बीमाङ्क रकम र आर्जित मुनाफासहित बीमितले प्राप्त गर्दछन् । यस प्रकारको बीमालेख सुविधा नाबालिग बालबच्चामा लागु गरिन्छ ।

  • चुक्ता बीमाङ्क FUP (Paid Up Policy)  

बीमालेख नियमित सञ्चालनमा नरहेको र कम्तीमा दुई वर्षको बीमा शुल्क भुक्तान गरिसकेको स्थितिमा निकालिन्छ ।

  • बीमाङ्क रकम SA (Sum Assured) 

यसको अर्थ बीमितले कति रकमको बीमा गरेको हो भन्ने बुझिन्छ । बीमितले आफ्नो आर्थिक क्षमताका आधारमा बीमालेख छनौट गर्न सक्छन् ।

  • RPR (Renuwal Premium Receipt) 

बीमालेख नवीकरण गर्दा बीमा शुल्क बुझाएको रसिद वा प्रमाणलाई बुझाउँदछ ।

  • बीमाशुल्क छुट रकम WOP (Waiver of Premium):

बीमा कम्पनीहरुले ठूलो रकमको बीमा प्रस्ताव स्वीकार गर्दा र वार्षिक बीमा शुल्क तिर्दा, अन्य आवधिक रूपमा बीमा शुल्क तिर्दा वा बीमा शुल्क छुट सुविधा भन्ने अर्थ दिन्छ ।

  • पूर्ण स्थायी अशक्तता TPD (Total Permanent Disability):-

यसले दुर्घटनावश हुने पूर्ण अशक्तता, जसले कुनै पनि काम गर्न सक्दैन र आम्दानी गर्न सक्दैनन् भन्ने अर्थ राख्दछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।