कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको परीक्षा स्थगित

कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले कोरोना माहामारीका कारण मंसिरमा (कोरोना संक्रमितको पुसमा) लिएको परीक्षाको नतिजा माघ १९ गते सोमबार सार्वजनिक गरेको हो ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रडेवृद्धितर्फ ९१ हजार ९०० जना र आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जनाले सहभागीता जनाएका थिए । जसअन्तर्गत आंशिकतर्फ ८१.४३ प्रतिशतले कक्षा १२ को परिक्षा उत्तिर्ण गरेको छन् । 

बोर्डका अनुसार १ जनाको परीक्षा रद्द गरिएको छ । यसैगरी कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका नियमिततर्फ ६ हजार ३२० जना, ग्रडेवृद्धितर्फ २ हजार ९८२ जना र आंशिकतर्फ २ हजार १८८ जना गरी कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट मार्फत नतिजा हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ ।

कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको परीक्षामा बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा छिटो प्रकाशित गर्न विद्यालयकै विषय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्ने प्रबन्ध गरिएपनि शिक्षकले संक्षिप्त परीक्षाको प्राप्तांक जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।

  • नियमिततर्फका ३४ प्रतिशत विद्यार्थीको २.४१ देखि २.८० जीपिए

कुल ३ लाख १० हजार बढी विद्यार्थी नियमित परीक्षामा संलग्न भएको मध्ये २.४१ देखि २.८० जीपिए ल्याउने विद्याथीको संदया ३४ प्रतिशत रहेको छ ।

बोर्डले उलिब्ध गराएको तथ्याङ्कमा ३.६१ देखि ४ जीपिएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या ६ हजार ९१६ जना रहेको छ । ३८ हजार ४८० विद्यार्थीले ३.२१ देखि ३.६१ जीपिएसम्म अंक प्राप्त गरेका छन् भने ७६ हजार ८४१ ज्नाले २.८० देखि ३.२० जीपिएसम्म अंक पाएका छन् ।

यस्तै २.४१ देखि २.८० सम्म जीपिएसम्म अंक पाउने विद्यार्थी सबैभन्दा बढी १ लाख ९ हजार ३१२ जना रहँदा २.०१ देखि २.४० जीपिएसम्म अंकसम्म पाउने ५२ हजार ४२७ जना छन् । १.६१ देखि २.० जीपिएसम्म ल्याउने विद्यार्थीको संख्या ७ हजार १६४ जना रहेको छ ।

यसैगरी १.२१ देखि १.६० सम्म प्राप्ताङ्क ल्याउने ३३३ जना, ०.८१ देखि १.२०सम्म ४ जना, र ०.८० सम्म १८ हजार ८३९ जना रहेको बोर्डले जनाएकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार ११ : ५५ बजे