पुराना कम्पनीको भाउ बढेसँगै नयाँ बीमा कम्पनीको शेयर मूल्यमा उछाल

0
Shares

पुराना सबैजसो बीम कम्पनीहरुको शेयरको भाउ उकालो लाग्न थालेपछि शेयर बजारमा हालै मात्र शेयर सूचीकरण गरेर दोस्रो बजारमा कारोबार भैरहेका बीमा कम्पनीहरुको शेयरमूल्य पनि बढ्न थालेको छ ।

मंगलबार सर्किट मूल्यमा बढेको नयाँ बीमा कम्पनीहरुको शेयरमूल्य बुधबार पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ । अजोड, सानिमा जनरल, जनरल इन्स्योरेन्स, रिलायन्स लाइफको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेर कारोबार भैरहेको छ ।

२३ दिन लागातार वृद्धि हुँदै आइरहेको प्रभु लाइफको भने बुधबार सकारात्मक सर्किट लेभलमा कारोबार भएपनि मंगलबारकै कारोमूल्य नजिक कारोबार भैरहेको छ ।

पुराना सबै बीमा कम्पनीको शेयरको भाउ उकालो लाग्न थालेपछि नयाँ बीमा कम्पनीहरुको भाउ पनि उकालो लागेको हो । अर्कोतर्फ चालु आवको दोस्रो त्रैमासको अवस्थालाई हेर्दा नयाँ बीमा कम्पनीको व्यवसाय वृद्धिदर पुराना कम्पनीलाई टक्कर दिने खालको छ ।

आक्रमक व्यवसाय विस्तार गर्न सफल भएका नयाँ बीमा कम्पनीहरुको शेयरमूल्य पुराना बीमा कम्पनीहरुको भन्दा तुलनात्मक रुपमा सस्तो हुँदा यी कम्पनीको शेयरमा लगानीकर्ताको खरीद आकर्षण बढेको हो ।

व्यवसाय विस्तारको वृद्धिदर राम्रो भएका कारण आगामी दिनमा राम्रै प्रतिफल पाउने आशामा लगानीकर्ताले शेयर खरीद गरेका हुन् । पुराना बीमा कम्पनीको तुलनामा शेयर मूल्य कम भएपछि लगानीकर्ताहरुके रोजाइमा केही समय अघि आईपीओ जारी गरेका नयाँ कम्पनीको शेयर रोजाइमा परेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।