ग्लोबल आइएमई बैंकको दाङको लमहीमा शाखा विस्तार

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले दाङगको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक” भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवं आम सर्वसाधारण सबैको भएको बताएका छन् ।

उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताए ।

बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।