प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, १२.६३ प्रतिशतले घट्यो

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको माघ २५ गते आइतबार सम्पन्न २१३ औं सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले हाल इन्स्योरेन्सको आव २०७६।७७ बाट कायम चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बोनस शेयर र बोसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८१८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीम समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

यसअघि २०७३/७४ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेका थियो ।विगत दुई आवमा लाभांश वितरण नगरेको कम्पनीको लाभांश १२.६३ प्रतिशतले गत आवको लाभांश घटेको हो ।

बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।