सेञ्चुरी कमर्सियल बैंक र आठ बिसकोट नगरपालिकाबीच सम्झौता

0
Shares

सेञ्चुरी कमर्सियल बैंक र आठ बिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।

कृषि क्षेत्रको व्यवसायिकता मार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर के.सी.ले हस्ताक्षर गरेका छन् ।

रुकूम जिल्लाको आठबिसकोट नगरपालिकामा “कृषक सहकार्य समुह” मार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मुल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कर्मसियल बैंकले आफ्ना १२० शाखा १० वटा एक्सटेन्सन काउन्टर, २१ बान्चलेस बैंकिङ्ग ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।