युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३५.६९% ले बढ्यो

0
Shares

युनाइटेड इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले २ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ३५.६९ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २६ करोड ३० लाख ३२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा १७ करोड ६१ लाख २२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क ४९.३५ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.६७ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोषको आकार १० करोड ३२ लाख रुपैयाँबाट घटेर ९ करोड ८१ लाखबाट घटेर कायम गरेको छ । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.७७ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १९८.५० गुणा रहेको छ ।

कम्पनीले पुनर्बीमा व्यवसायबाट ६ करोड १९ लाख कमिशन आय र लगानी कर्जा तथा अन्यबाट २ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हालसम्म ७१ हजार ८९१ वटा बीमालेख जारी गरेको कम्पनीको कुल बीमाशुल्क संकलन ५७ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ४ हजार ३३३ बीमालेख नवीकरण भएका छन् ।

पुस मसान्तसम्ममा कम्पनीले १ हजार ६४९ वटा बीमालेख वापत २० करोड ९० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ४ हजार ९६९ संख्याको दावी वापत ७२ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।